• १ फागुन २०८१, बिहिबार

क्वार्टरफाइनल समीकरण पूरा

सशस्त्र प्रहरी महानिरीक्षक कप : एपीएफ स्कुल कीर्तिपुर क्वार्टरफाइनलमा

blog

प्लेयर अफ द म्याच बन्नुभएका पारस मिजारलाई ट्रफी प्रदान गर्नुहुँदै नेपाल एपिएफ स्कुलका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र केसी । तस्बिरः एपिएफ

काठमाडौँ, माघ ३० गते। दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्‍वाटरफाइनल समीकरण पूरा भएको छ।

बुधबार अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा आयोजक नेपाल एपिएफ स्कुल, कीर्तिपुर ‘ए’ले जेम्स स्कुल, ललितपुरलाई ५-० गोलले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।

शानदार जित निकालेको एपिएफ स्कुलका लागि विकास बोहोरा र पवन गुरुङले समान २/२ गोल गर्नुभयो भने तेन्जिङ शेर्पाले १ गोल थप्नुभयो। विपक्षी जेम्स स्कुलले भने गोलको कुनै अवसर नै बनाउन सकेन।

यो खेलमा एपिएफका पारस मिजार प्लेयर अफ द म्याच बन्नुभयो उहाँलाई आयोजक विद्यालय नेपाल एपिएफ विद्यालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र केसीले ट्रफी प्रदान गर्नुभयो ।

प्रतिगोगितामा नेपाल एपिएफ स्कुल, कीर्तिपुर ‘ए’ र ‘बी’सँगै आठ टिम क्वार्टरफाइनल प्रवेश गरेका छन्। क्वार्टरफाइनलमा जनसेवा सेकेन्डरी स्कुल, कीर्तिपुर, नेपाल एपिएफ स्कुल, कोहलपुर, सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, ग्रिन भिलेज एजुकेसन फाउन्डेसन स्कुल, कीर्तिपुर, नेपाल पुलिस स्कुल, साँगा र ब्राइट होराइन चिन्ड्रेन्स होम, मातातीर्थले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट १ गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका हुन्। 

प्रतियोगिताको फाइनल फागुन ८ गते हुनेछ। प्रतियोगिताको विजयी टिमले ६० हजार रुपियाँ प्राप्त गर्नेछ। दोस्रोले २० हजार र तेस्रो टिमले १० हजार रुपियाँ प्राप्त गर्नेछ।