• २६ माघ २०८१, शनिबार

एमालेसँग एकता गर्ने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ २६ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकता गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

शनिबार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र)सँग पनि धेरै कुरामा मतभिन्नता रहेकाले मिल्ने सम्भावना नरहेको जिकिर गर्नुभयो ।
साथै उहाँले नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफू तयार रहेको बताउनुभयो । 

यसैगरी, उहाँले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध पनि गर्नुभयो । उहाँले नेपालमा दुई वटा ठुला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरू तयार रहेको बताउनुभयो ।