• २३ माघ २०८१, बुधबार

वर्षा कुँवरलाई ‘मिसेस ब्युटी क्विन’को उपाधि

blog

काठमाडौँ, माघ  २३ गते ।  ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ । 

सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उक्त उपाधि हासिल गर्नुभएको हो । करुणा विक ‘फष्ट रनरअप’ हुनुभयो भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवाहा हुनुभयो । 

उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस