• १२ असार २०८२, बिहिबार

कोशीटप्पु विस्थापित परिवारको माग : प्रधानमन्त्रीसमक्ष ४८ वर्षदेखि सट्टा जग्गा नपाएको गुनासो

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदुहुँदै कोशीटप्पु विस्थापित परिवारका प्रतिनिधिहरू । तस्बिर : सचिन पाख्रेल

सचिन पाख्रेल
इटहरी, असार १२ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तारको क्रममा घरजग्गा गुमाएका विस्थापित परिवारका प्रतिनिधिहरूले सट्टापट्टाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ९५ वर्षीया कमलकुमारी पोखरेलसहित प्रतिनिधिमण्डलले ४८ वर्षअघि आरक्ष विस्तार हुँदा उनीहरूको घरजग्गा अधिग्रहण गरिएको र त्यसबापत राज्यले सट्टा जग्गा दिने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गरेका थिए ।

सरकारले वि.सं. २०३२ मा आरक्ष स्थापना र विस्तार गर्ने क्रममा सो क्षेत्रबाट विस्थापित भएका परिवारले अहिलेसम्म सट्टाभर्ना वापत जग्गा नपाएका हुन् ।

विस्थापित समस्या समाधानका लागि सरकारले २०८० फागुन ६ गते चेम्जोङको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय आयोगले मोरङको लेटाङ नगरपालिकामा ७५ परिवारलाई सट्टा जग्गा उपलब्ध गराउन सुझाव दिएको थियो ।

विस्थापितहरूलाई सट्टा जग्गा दिन सर्वोच्च अदालतले २०४६ वैशाख ५ गते नै आदेश गरिसकेको हुदाँ अब विलम्ब नगरी सो आदेशको कार्यान्वयन गर्नुपर्नेमा माग राखेका छन् ।

प्रतिनिधिमण्डलबाट ज्ञापनपत्र बुझेसँगै प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई १५ दिनभित्र विषयको अध्ययन गरी उचित समाधानसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको सुनसरीबाट टोलीमा सहभागी रमेशकुमार खडकाले बताउनुभयो । विस्थापितहरूले अब सरकारबाट न्याय र स्थायी समाधानको अपेक्षा गरेको उहाँको भनाइ छ ।