काठमाडौँ, माघ २० गते । नेपालले वैदेशिक व्यापार गर्ने विभिन्न ३१ मुलुकसँग व्यापार नाफामा रहेको छ । नेपालले विश्वका १६० मुलुकसँग व्यापार गरेकोमा ३१ मुलुकसँग मात्रै व्यापार नाफामा रहेको हो । बाँकी १२९ मुलुकसँगको व्यापार भने घाटामा देखिन्छ ।
भन्सार विभागका अनुसार अफगानिस्तान, डेनमार्क, अस्ट्रिया, माल्दिभ्स, माल्टा, नर्वे, इरान, आइसल्यान्डलगायतका मुलुकसँग नेपालको व्यापार नाफामा रहेको छ । चालुु आर्थिक वर्षको छ महिनामा नेपालबाट अफगानस्तानमा ४७ करोड ५६ लाख २० हजार रुपियाँको निर्यात हुुँदा १२ करोड ३९ लाख रुपियाँको आयात भएको छ ।
यस्तै अस्ट्रियासँग ५९ करोड ७४ लाख रुपियाँको निर्यात हुुँदा १६ करोड नौ लाख रुपियाँको निर्यात भएको छ । डेनमार्कमा ३५ करोड रुपियाँको निर्यात हुुँदा १२ करोड १२ लाख ९८ हजार रुपियाँको आयात भएको छ । नेपालबाट माल्दिभ्समा एक करोड ४६ लाख २९ हजार रुपियाँको निर्यात हुुँदा चार हजार रुपियाँको आयात भएको छ । यस्तै माल्टामा एक करोड ४९ लाख रुपियाँको निर्यात हुुँदा नौ लाख २१ हजार रुपियाँको आयात भएको छ ।
आइसल्यान्डमा ८४ लाख १३ हजार रुपियाँको निर्यात हुँदा ६७ हजार रुपियाँको आयात भएको तथ्याङ्क छ । इरानमा ५४ लाख १७ हजार रुपियाँको निर्यात हुुँदा १३ लाख ८१ हजार रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । नर्वेमा आठ करोड १७ लाख रुपियाँको निर्यात हुँदा सात करोड ८५ लाख ३१ हजार रुपियाँको आयात भएको छ । युुगान्डामा दुुई करोड ५० लाख रुपियाँको निर्यात हुँदा एक करोड ९२ लाख रुपियाँको आयात भएको छ ।
विभागको तथ्याङ्क अनुसार चालुु आव २०८१/८२ को छ महिनामा आयात ७.०६ प्रतिशतले बढेर आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपियाँको आयात भएको थियो । चालुु आवको छ महिनामा निर्यात ३१.७८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख रुपियाँको निर्यात भएको थियो । छ महिनामा सबैभन्दा धेरै भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड रुपियाँको आयात भएकोमा नेपालबाट ७३ अर्ब ७१ करोड रुपियाँको निर्यात भएको छ । आयात उच्च भए पनि सो अनुपातमा निर्यात नहुुँदा भारतसँग चार खर्ब २९ अर्ब १४ करोड रुपियाँको व्यापार घाटा रहेको छ । यस्तै चीनसँग एक खर्ब ६० अर्ब ५४ करोडको आयात हुुँदा एक अर्ब ९२ करोड रुपियाँको निर्यात भएको छ । चीनसँग एक खर्ब ५८ अर्ब ६२ करोड रुपियाँको व्यापार घाटा रहेको छ ।
नेपालमा आयात हुुने प्रमुुख वस्तुुमा पेट्रोलियम पदार्थ, फलामको कच्चा पदार्थ, कच्चा भटमासको तेल रहेका छन् । यस्तै नेपालबाट धेरै निर्यात हुने वस्तुुमा भटमासको तेल, सूर्यमुखीको तेल, अलैँची, हाते गलैँचा र चिया रहेका छन् ।