• १८ माघ २०८१, शुक्रबार

प्यारो देश (कविता)

blog

रङ्गीचङ्गी फूलैफूलको हरियाली देश

सबैलाई प्यारो लाग्ने आफ्नै भाषाभेष ।


पुतली र मौरीले सजिएको बाग राम्रो

प्राकृतिक सौन्दर्यले चिनिएको देश हाम्रो । 


नेपालको राष्ट्रिय चरा डाँफे भनी चिन्छन्

चन्द्रसूर्य अङ्कित झन्डा प्यारो मानी छुन्छन् ।

संसारमा अरू ठाउँ छैनन् भन्छन् राम्रो

हामीलाई त हाम्रै देश नेपाल नै राम्रो ।


शब्दमा नेपालको बयान कसले गर्न सक्छ 

आफ्नै देशमा बसे पो देशको विकास हुन्छ । 


गाउँबेँसी सहर अनि हिमाल पहाड तराई

अनेकतामा एकता छ कोही छैनन् पराई । 

  मुना