लीलाराज खड्का
बिर्तामोड, माघ १८ गते । साथीसँग घुम्न गएको भन्दै १५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गरेको भन्दै प्रहरीले ४५ वर्षीय प्रकाश भनिने निरकुमार विष्टलाई पक्राउ गरेको हो ।
विष्टले साथीसँग घुम्न गएको भन्दै छोरी स्वस्तिको पिलासले टाउको फुटाइदिएका थिए भने बाँसको भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका थिए ।
आफू घरबाहिर भएका बेला श्रीमान्ले छोरीमाथि कुटपिट श्रीमती रेनुका विष्टले बताउनुभयो ।
यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको स्थानीयको भनाइ छ । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । विष्टलाई छोरी पिटेको आरोपमा पक्राउ गरी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।