• ९ वैशाख २०८२, मङ्गलबार

आगलागीबाट आठ वटा गाई र तीन वटा गोरु जल्यो

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ ११ गते  । उत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिनुभयो ।  

उहाँका अनुसार बिहीबार साँझ करिब साँढे आठ बजेको समयमा खाना बनाउन लाग्दा ग्याँस चुलोमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको उहाँले बताउनुभयो । आगलागीबाट आठ वटा गाई र तीन वटा गोरु जलेर मरेको छ ।

त्यही घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घरमा समेत जलेर नष्ट भए छ, प्रहरी निरीक्षक शर्माले भन्नुभयो, “घरभित्रको लत्ताकपडा, अन्नपात, भाँडाकुँडा र घरको भुईँ तलामा रहेको ११ वटा पशु चौपाया पनि मरेका छन् ।” 

घट्नाको जानकारी पाए लगत्तै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगोलागिबाट मानबिय क्षति नभएको बताइएको छ भने उक्त घट्नबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।