काठमाडौँ, माघ १० गते । ४५ दिनको तालिकासहित चलचित्र ‘महाभोज’ को पोखराको घाचोकमा छायाङ्कन सुरु भएको छ । चलचित्रको पहिलो सट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिनुभएको छ ।
चलचित्रको कथा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोही स्वर हो । चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता र सामाजिक जागरणको महत्व देखाउने प्रयास गरिने निर्माण पक्षले जनाएको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई हिमाल कडरियाले निर्माण गर्नुभएको छ ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङलगायतको अभिनय रहेको छ ।