• ८ फागुन २०८१, बिहिबार

नोबेल अस्पतालमा क्यान्सर उपचारको नयाँ प्रविधि

blog

विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा राखिएकोप्रविधि । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, माघ ९ गते। विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालले  क्यान्सरको उपचार गर्ने नयाँ प्रविधि भित्र्याएको छ। नोबेल अस्पतालले गत असोजदेखि क्यान्सरको उपचार सेवा दिन थालेको हो।  नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक एवम् प्रतिनिधि सभाका सदस्य डा. सुनीलकुमार शर्माले यो प्रविधिमा क्यान्सरको उपचार गर्ने नोबेल अस्पताल पहिलो भएको दाबी गर्नुभएको छ।

अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको एज ‘इडिजीइ’नामक उपकरण नेपालमा ल्याइएको हो।

डा. शर्माले नोबेल मेडिकल कलेजले तीन अर्ब ४० करोड रुपियाँ खर्च गरेर क्यान्सर अस्पतालको छुट्टै व्यवस्थापन गरेको बताउनुभयो। नोबेलले हाल सयभन्दा बढी क्यान्सरका बिरामीको उपचार गरिरहेको छ।

अस्पतालका सञ्चालक शर्माले यो मेसिन मात्र ५५ करोड रुपियाँमा भित्र्याएको जानकारी दिनुभयो। यसअघि प्रकाशित समाचार सम्पादन गरिएको छ। – सम्पादक