शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, माघ ८ गते । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा वालिङले बागमती युवा क्लबलाई ३–१ गोलले हरायो । वालिङको जितमा सुस्मा तामाङले ह्याट्रिक गर्नुभयो । बागमतीका लागि सारा लिम्बूले सान्त्वना गोल गर्नुभयो ।
पहिलो जितसँगै वालिङले आठ खेलबाट तीन अङ्क बनायो । यसअघिनै प्लेअफबाट बाहिरिएको वालिङले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो ।
पराजित बागमतीले समान खेलबाट चार अङ्क बनाएको छ । वालिङकी सुस्मा तामाङ प्लेयर अफ दि म्याच हुनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                -(1)-original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                