• १४ माघ २०८१, सोमबार

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ७ गते । आई र यु इन्टरटेनमेन्ट र आँगन इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक सो हुने भएको छ । कार्यक्रम जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक जिआर भण्डारीले जानकारी दिनुभयो ।

नेपालीको चाप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेका छन् । नेपाली कला र संस्कृतिलाई प्रवर्धन गर्दै विगतमा प्रकाश सपुत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभललगायतका कार्यक्रम गरिसकेका भण्डारीले ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हास्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न पाइने बताउनुभयो । कार्यक्रम क्यानडाको टोरोन्टो, ओटावा, क्यालगरी, भ्यानकुभरलगायतका सहरमा  हुने छ ।