• ६ माघ २०८१, आइतबार

चिसोमा घाँटीको समस्या

blog

मौसम चिसो भयो कि नाक बग्ने र घाँटी खस्खसाउने वा खोकी लाग्ने समस्याले मानिसलाई सताउने गर्छ । घाँटी खस्खसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण हुन सक्छ । ब्याक्टेरियाको सङ्क्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ र नाक बग्छ । भाइरसको सङ्क्रमण हो भने एन्टिबायोटिक्सले काम गर्दैन । भाइरसको सङ्क्रमणले घाँटी खस्खसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर उपचार गर्न सकिन्छ । नुनपानीले गार्गल गर्नु नुनपानीले गार्गल गर्ने परम्परा शताब्दीयौँदेखि चल्दै आएको छ । यसले काम गर्छ । मनतातो पानीले गार्गल गरेमा झनै राम्रो ।

चिया

विभिन्न खालको चियाले घाँटी खस्खसाउने समस्या हटाउन मद्दत पुग्छ । अदुवा, कागती र दालचिनी हालेर बनाइएको चिया दुई–तीन कप पिउने गरेमा फाइदा पुग्छ । यसै गरी अदुवा, कागती र मरिच हालेर पनि चिया बनाउन सकिन्छ । यसले घाँटीबाट कफ पनि बाहिर निकाल्न सहयोग पुग्छ ।

घाँटी खस्खसाउने समस्या भएमा घाँटीभित्र सुक्खा हुन दिनु हुँदैन । पर्याप्त पानी र चिया पिउने गरेमा घाँटी सुक्खा हुन पाउँदैन । 

–युवामञ्च