• २८ पुस २०८१, आइतबार

क्लाइम्बिङ स्पोर्टस् च्याम्पियनसिपको तयारी

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, पुस २८ गते । राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस् च्याम्पियनसिप अगामी चैतमा हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्टस् सङ्घको आयोजनामा चैत ८ र ९ गते हुने च्याम्पियनसिपमा लिड र बोल्डर स्पर्धामा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिता अन्तर्राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस् महासङ्घको नियम अनुसार सञ्चालन गरिने सङ्घले जनाएको छ । प्रतियोगितामा १४ वर्षभन्दा माथिका खेलाडीले भाग लिन पाउनेछन् । 

पहिलो दिनको प्रतिस्पर्धा पछि आठ पुरुष तथा आठ महिला खेलाडी फाइनल राउन्डका लागि छनोट हुनेछन् । फाइनलमा उपाधि विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई उपाधिसहित नगद पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।