काठमाडौँ, पुस २१ गते । नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छायाँसेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदै छ । कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको दुई देशबिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । साथै यस्ता खालका कार्यव्रmमले दुई देशबिच सांस्कृतिक आदानप्रदानमा सहयोग पुर्याउने छ ।
चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित कार्यव्रmममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिने छ । प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारसँगको अन्तव्रिर्mयामा दर्शकले पनि सहभागिता जनाउन पाउने छन् ।
उद्घाटनको दिन यिहुई साआ निर्देशित चलचित्र ‘हर स्टोरी’ देखाइने छ भने युडी झाङ निर्देशित मिडसमर्स भ्वाइस र फेईलङ निदेशित ‘जिफर ग्याप’ पनि त्यही दिन देखाइने छ । कार्यव्रmममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने छ । साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका विशिष्ट पदाधिकारीले समेत कार्यव्रmममा सहभागिता रहने छ । पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुने छ ।
चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्ने छन् । कार्यव्रmमले दुई देशका चलचित्रकर्मीबिचको सहकार्यलाई अगाडि बढाउन थप मद्दत गर्ने अपेक्षा गरिएको छ । ‘चाइना फिल्म डे’ को महìवबारे नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यव्रmम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले चिनियाँ चलचित्रहरूको सिर्जनशीलता र गहिराइ प्रस्तुत गरेर, हामी नेपाली चलचित्रकर्मीलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्ने छ ।” पाठकले यस्ता सांस्कृतिक आदानप्रदानहरूको व्यापक प्रभावबारे थप प्रस्ट्याउँदै भन्नुभयो, “यस प्रकारका कार्यव्रmमहरूले राष्ट्रबिच आपसी सम्मान, सम्बन्ध र समझदारीलाई प्रवर्धन गर्न महìवपूर्ण भूमिका खेल्छन् ।” यसले सहनिर्माण, संयुक्त परियोजना र विश्वव्यापी दर्शकलाई समेट्ने साझा कथा सिर्जना गर्न मार्ग प्रशस्त गर्छ । म विश्वस्त छु, यो नेपाल–चीन चलचित्र सम्बन्धको नयाँ अध्यायको सुरुवात मात्र हो ।
‘चाइना फिल्म डे’ ले २०२५ र त्यसपछिका दिनमा नेपाल–चीन सांस्कृतिक कूटनीति र चलचित्र सहकार्यलाई बलियो बनाउन महìवपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यो ऐतिहासिक अवसरले नेपाल र चीनबिचको चलचित्र र सांस्कृतिक सम्बन्धमा नयाँ पाटो थप्दै दुवै राष्ट्रबिच थप गहिरो सहकार्य र सहभागिताको आधार तयार गर्ने छ ।