नारायणगढ समाचारदाता
नारायणगढ, पुस २१ गते । जस्मिन पेन्ट्स लिमिटेडले चितवन जिल्लाको नारायणगढको जोरकुसुम पार्कमा बरपिपल रोपण सुरु गरेको छ । नेपाल व्रिmकेट लिग (एनपिएल) मा चौकामा एक र छक्कामा दुई वटा वृक्षरोपण गर्ने उद्योगको घोषणा अनुसार शुक्रबारबाट वृक्षरोपण कार्य सुरुवात गरिएको हो ।
नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले नारायणगढको जोरकुसुम पार्कमा बरपिपलका बिरुवा रोपेर उक्त कार्यको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै सचिव खड्काले जलवायु परिवर्तनले विश्वभर असर गरिरहेका बेला क्रिकेटका माध्यमबाट जैविक विविधताको संरक्षणमा पहल हुनु राम्रो पक्ष भएको बताउनुभयो । “यो अभियानले अब घर घरमा रुख रोप्नु पर्छ भन्ने सन्देश छाडेको छ । क्रिकेटकै माध्यमले देशमा हरित व्रmान्ति ल्याउनु राम्रो पक्ष हो,” उहाँले भन्नुभयो ।
जस्मिन पेन्ट्स लिमिटेडका अध्यक्ष लक्ष्मण अर्यालले पूर्वघोषित कार्यव्रmम अनुसार आफूहरूले एक हजार ३३९ बिरुवा रोप्ने अभियान सुरु गरेको जानकारी दिनुभयो । उहाँले चितवन, काठमाडौँलगायतका स्थानमा बिरुवा रोपेर हुर्काइने बताउनुभयो । जस्मिन पेन्ट्सले क्रिकेट प्रतियोगिता चलिरहेका बेला हरेक चौकामा एक र छक्का प्रहारमा दुई वटा बिरुवा रोप्ने घोषणा गरेको थियो । उक्त घोषणा अनुसार नै वृक्षरोपण सुरु गरेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।