• २० पुस २०८१, शनिबार

मन्दिरमा जाने क्रममा भीरमा फसेका चार जनाको उद्धार

blog

मकवानपुरका भीमफेदी गाउँपालिका ८ स्थित लटरम्मेश्वर महादेव मन्दिर ।

राममणि दाहाल
हेटौँडा, पुस १७ गते ।
मकवानपुरका भीमफेदी गाउँपालिका ८ स्थित लटरम्मेश्वर महादेव मन्दिर जानेक्रममा भीरमा फसेका चार जनाको सेना र प्रहरीले उद्धार गरेका छन् ।

मन्दिरमा जाने क्रममा तारेभीरमा फसेका बताएपछि इलाका प्रहरी कार्यालय र महादेवटारस्थित नेपाल सेनाको बेस क्याप्पबाट गएको सात जनाको प्रहरी टोलीले मङ्गलबार साँझ उद्धार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २ की ३६ वर्षीया मधुलिका सिंह ठकुरी, २४ वर्षीय पुकार सिलवाल, ३५ वर्षीया निर्जला शाक्य र ३४ वर्षीया सिर्जना महर्जनलाई उद्धार गरिएको हो  ।