• १९ पुस २०८१, शुक्रबार

गैंडाको आक्रमणबाट एकको मृत्यु, पाँच जना घाइते

blog

वसन्त पराजुली

नारायणगढ, पुस १६ गते। गैंडाको आक्रमणबाट मंगलबार चितवन रत्ननगरको जयमगलामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीपक्षक भेषराज रिजालका अनुसार  दिउँसो  १:४५ बजे  रत्ननगर नगरपालिका वडा नम्बर १३ जयमँगलामा गैंडाले आक्रमण गर्दा एक जनाको  मृत्यु भएको हो। 

 गैंडाको आक्रमणमा परेर रत्ननगर नगरपालिका वडा नम्बर १६ कि ७० वर्षीया कृष्णकुमारी थापाको मृत्यु भएको हो। 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट मान वस्तीमा गैंडा प्रवेश गरेर मानिसलाई आक्रमण गरेको हो। घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको भइरहेको छ।