• १८ पुस २०८१, बिहिबार

भोटेकोशी–१ जलविद्युत आयोजनाको ब्रेक थ्रु सम्पन्न

blog

सीमा क्षेत्र भोटेकोशी गाउँपालिका–३ र ४ मा निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजना ।

चित्र मिजार

सिन्धुपाल्चोक, पुस १५ गते । उत्तरी सीमा तातोपानी नाकास्थित निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ (भर्टिकल शाफ्ट) पहिलो ब्रे थ्रु सम्पन्न भई निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ ।

भोटेकोशी गाउँपालिका ३ र ४ हिन्दीमा ड्याम र चाकुमा पावर हाउस रहने छ । निर्माणाधीन सो आयोजनाको ८० मिटर ठाडो शाफ्टको सफलता मिलेको आयोजना प्रमुख उमेश पराजुलीले जानकारी दिनुभयो । उक्त शाफ्टको अन्तिम ब्रेक थु भएसँगै निर्माण कार्यले सार्थकता मिलेको उहाँले बताउनुभएको छ। 

एक वर्षअघिबाट सुरु भएको उक्त आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ । अबको एक वर्षभित्र आयोजना सम्पन्न हुने गरी काम भईरहेको प्रमुख पराजुलीले थप्नु भयो । सुरुङ मार्गको भौतिक प्रगति ५५ दशमलव ८७ रहेको छ । 

हेडर्वक्स ५२ प्रतिशत निर्माण सकिएको छ । ईन्टरटनेल भौतिक प्रगति ४१ दशमलव ३६ रहेको छ । अटिटबाट अपस्ट्रि र डाउन स्ट्रिम भौतिक प्रगति ३६ दशमलव २८ प्रतिशत पुगेको छ । ड्यामबाट पावरहाउससम्म २६०० मिटर दुरी रहेको छ । आगामी डेढ बर्षभित्र उक्त आयोजनाबाट विद्युत उत्पादन हुने जनाइएको छ ।