मेलमिलाप उच्च नीति सबै मिल्नु पर्दछ
समाजमा सुख शान्ति समुन्नति भर्दछ ।
बिपी नीति विचारमा एकभई उठ्नेछौँ
मातृभूमि उन्नतिमा जागा भई जुट्नेछौँ ।।१।।
जुन्किरि मैँ ज्योति छरी अँधेरीमा चम्कन्छौँ
सबै मिलि हर–घडी विकासमा लम्कन्छौँ ।
विज्ञानको प्रविधिमा प्रवर्धन गर्दछौँ
मुलुकको प्रगतिमा तीब्र गती बढ्दछौँ ।।२।।
बाल, वृद्ध, नर–नारी अधिकार बोल्दछौँ
नेपालमा स्वास्थ्य शिक्षा रोजगार खोल्दछौँ ।
शीर्ष बिपी राजनीति ऐतिहासिक शिखर
मेलमिलाप नीति आज सान्दर्भिक सुन्दर ।।३।।
सगरमाथा मुस्काउँदै चिसो हावा चल्दछ
शिखरमा सान दिँदै राष्ट्रध्वजा खेल्दछ ।
मेची–काली डाँडा फाँट हराभरा पार्दछौँ
राष्ट्रियता गर्छौं हित मेलमिलाप गर्दछौँ ।।४।।