• १३ पुस २०८१, शनिबार

पश्चिमेली लोकभाकामा ‘छोड सताउन’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १३ गते । गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत ‘छोड सताउन’ को भिडियो सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । पश्चिमेली लोकभाकामा आधारित रहेका गीतको सङ्गीत संयोजन ओम सुनारले गर्नुभएको छ । 

डब्बु क्षेत्रीको निर्देशन तथा लेखन रहेको गीतमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) को प्रयोग गरिएको छ । सनम कठायत, प्रवण भुसाल, प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रञ्जित सिञ्जालीसँग गायिका सरिता भारतीको अभिनय रहेको भिडियोमा कृष्ण रसालको नृत्य निर्देशन तथा राजेन्द्र पाण्डेको छायाङ्कन, सम्पादन तथा रङ्ग संयोजन रहेको छ ।