• ७ पुस २०८१, आइतबार

असाधारण मोल्टनसिनी

blog

यी न्युरो साइन्टिस्टले १०३ वर्षको उमेरसम्म काम गरिन् । आफ्नो अनुसन्धानबाट यिनलाई ७७ वर्षको उमेरमा नोबेल पुरस्कार प्राप्त भएको थियो । ९२ वर्षको उमेरमा यिनी सिनेटर बनिन् । सय वर्षको उमेरसम्म उनको दिमाग तीक्ष्ण थियो । उनले दिमाग तेज राख्ने रिट लेभाइ मोल्टनसिनीले ‘नर्भ ग्रोथ फ्याक्टर’ खोज गरेका कारण नोबेल पुरस्कार प्राप्त गरिन् । जुन उनलाई ७७ वर्षको उमेरमा प्राप्त भएको थियो । यी न्युरो साइन्टिस्टले १०३ वर्षको उमेरसम्म काम गरिन् ।

मोल्टनसिनीले दिमाग तेज र सक्रिय राख्न के गर्दथिन् ? जानौँ पाँच बुँदामा : 

१. उनीले हरेक दिन बिहान ५ बजे ओछ्यान छाड्थिन् । व्यायाम वा ध्यान गर्नका लागि होइन, बरु दिमाग ताजा रहने त्यस समयमा वैज्ञानिक जटिल कार्य गर्न उनी बिहानै उठ्ने हुन् । विज्ञानले पनि भनेको छ बिहान दिमागले धेरै राम्रो काम गर्दछ । 

२. उनी थोरै खाना खान्थिन्, दिनमा एक पटक मात्र । त्यो पनि दिउँसो । प्रायः उनले साँझ एक कचौरा सुप वा एउटा सुन्तला खाने गर्थिन् । शरीरको तौल कम गर्नका लागि उनले त्यसो गर्ने होइन कि मानसिक सव्रिmयताका लागि त्यसो गर्थिन् । हल्का खानाले दिमाग तेज र एकाग्र बनाउने उनको मान्यता थियो । 

३. नियमित काम गर्ने । सन् २०१२ मा निधन हुनुपहिलेसम्म उनको नामबाट १७१ शोधपत्र प्रकाशित भए । त्यतिबेला उनका लेख १९ हजार पटक उद्धरण गरिएका थिए । कतिपय लेख त हजारभन्दा बढी पटक उद्धरण गरिए । मानिसको दिमाग मांसपेशीसरह हुन्छ र जति प्रयोग ग¥यो त्यति बन्छ । प्रयोग गर्न कम गरे खिइन थाल्छ । 

४. उमेरको वास्ता नगरी मानसिक व्यस्तता । उनले कहिल्यै पनि विश्राम खोजिनन् र सधैँ सिक्नमा लगनशील रहिन् । दिमाग सव्रिmय रहेमा आयु बढ्ने वैज्ञानिक मान्यता रहेको छ । 

५. सकारात्मक धारणा । द्वितीय विश्वयुद्धका बेला शैक्षिक गतिविधिमा प्रतिबन्ध लगाइएपछि उनले आफ्नो घरको शयनकक्षमै प्रयोगशाला बनाइन् । जब मोल्टनसिनीलाई भनियो महिला कहिल्यै वैज्ञानिक बन्न सक्दैनन्, पछि त्यही कुरालाई उनले गलत सिद्ध गरिदिइन् । उनको भनाइमा तनाव र नकारात्मक भावना मस्तिष्कलाई विष नै हो । 

–युवामञ्च