• ७ पुस २०८१, आइतबार

घर, जग्गा कारोबार सुधार गर्न सबै पक्षको सहकार्य आवश्यक: अध्यक्ष घिमिरे

blog

काठमाडौँ, मङ्सिर २९ गते । पछिल्लो समय ह्वात्तै घटेको घर, जग्गाको कारोबार सुधार गर्न सबै पक्षको सहकार्य आवश्यक भएको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताउनु भएको छ । उहाँले देशभरका व्यवसायीका समस्या समाधानका एक भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

शुक्रवार भएको अधिवेशनबाट महासङ्घको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन हुनुभएसँगै उहाँले यस्तो बताउनुभएको हो । घर जग्गाको क्षेत्रमा रहेका समस्या समाधानका लागि देशभरका व्यवसायीहरूसँग सहकार्य गर्ने र घर जग्गाको व्यवसाय खस्किएकोमा व्यवसायी मात्रै नभई सरकार पनि गम्भीर रहेकाले चाँडै समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

समस्याको समाधान छिटै हुने र व्यवसायीहरू उत्साहित रहेकाले छिटै घरजग्गा कारोबार पुरानै लयमा आउने बताउनु भयो । बैङ्कहरूमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानुनी व्यवस्था नल्याउँदा केही असहजता रहेको बताउनु भयो । बैङ्किङ क्षेत्रमा थोरै सुधार भए अहिलेका समस्या समाधान हुने उहाँको विश्वास छ ।

 घर जग्गाको व्यवसाय खस्किएकोमा हामी मात्रै होइन, सरकार पनि चिन्तित रहेछ भन्ने कुरा थाहा पाएका छौँ । हाम्रो सुनुवाइ हुन्छ, व्यवसायीहरू उत्साहित छन् र यो व्यवसाय पुरानै अवस्थामा आउँछ । राष्ट्र बैङ्कको नीति नै हामीले भनेको जस्तो नभएको लागेको छ ।

बैङ्कहरूमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानुनी व्यवस्था नल्याएको हुनाले अप्ठ्यारो छ । बैङ्किङ क्षेत्रमा थोरै सुधार भयो भने सम्पूर्ण कुराहरूको समाधान हुने उहाँको भनाई छ ।