काठमाडौं, मङ्सिर १९ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।
यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि भएको छ । जापानी येन, कतारी रियाल, स्वीस फ्रयाङ्कको भने मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपियाँ ८० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपियाँ २२ र बिक्रीदर एक सय ७१ रुपियाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ८८ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ५६ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७२ पैसा र बिक्रीदर ८८ रुपियाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ३१ पैसा र बिक्रीदर ९६ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ९८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ०२ पैसा र बिक्रीदर नौ रुपियाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५६ पैसा र बिक्रीदर १८ रुपियाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ९८ पैसा र बिक्रीदर ३६ रुपियाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ०९ पैसा र बिक्रीदर ३७ रुपियाँ २५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९३ पैसा र बिक्रीदर तीन रुपियाँ ९४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ८१ पैसा र बिक्रीदर ३६ रुपियाँ ९७ पैसा, घटेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ २५ पैसा र बिक्रीदर ३० रुपियाँ ३८ पैसा तोकिएको छ ।
त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ २९ पैसा र बिक्रीदर १२ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपियाँ ८९ पैसा र बिक्रीदर चार सय ४१ रुपियाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपियाँ ५८ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ १७ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपियाँ १८ पैसा र बिक्रीदर तीन सय ५२ रुपियाँ ७४ पैसा तोकेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस