• ८ पुस २०८१, सोमबार

कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

blog

आउट भएपछि शिखर धवन ।

काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनायो । 

कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँले २७ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाउनुभयो ।

भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट हुनुभयो । महँगो मूल्यमा कर्णालीमा अनुबन्ध हुनुभएका धवनले १४ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । बाबर हायतले १२ रन जोड्नुभयो । 

बलिङमा कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिनुभयो । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिनुभयो ।

यसअघि सोमबार बिहान भएको खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।