• १९ असार २०८१, बुधबार

लिसंखुपाखरमा माओबादी विजयी

blog

लिसंखुपाखर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित राजु लामा र मिठुदेवी लामा । तस्विरः चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ५ गते । लिसंखुपाखर गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पदका उम्मेदवार राजु लामा निर्वाचित हुनुभएको छ । त्यस्सै गरी उपध्यक्षमा भने नेकपा (एमाले) की उम्मेदवार मिठुदेवी लामा निर्वाचित हुनु भएको छ ।

अध्यक्ष लामाले तीन हजार ९२५ मत ल्याउनु भएको थियो भने उहाँको निकटतम प्रतिदन्द्धी काँगे्रसका जोगलाल तामाङले तीन हजार १९ मत ल्याउनु भएको छ । एमालेका अध्यक्ष उम्मेदवार सूर्यबहादुर लामाले दुई हजार ७२७ मत ल्याउनु भएको थियो । 

उपाध्यक्ष निर्वाचित मिठुदेवीले तीन हजार २५१ मत र उहाँकी निकटतम प्रतिदन्द्धी एमाओबादी केन्द्रकी राममाया तामाङले तीन हजार १०६ मत र काँगे्रसकी बबिता योञ्जनले दुई हजार ८३० मत ल्याउनु भएको छ ।