सिन्धुपाल्चोक, जेठ ५ गते । लिसंखुपाखर गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पदका उम्मेदवार राजु लामा निर्वाचित हुनुभएको छ । त्यस्सै गरी उपध्यक्षमा भने नेकपा (एमाले) की उम्मेदवार मिठुदेवी लामा निर्वाचित हुनु भएको छ ।अध्यक्ष लामाले तीन हजार ९२५ मत ल्याउनु भएको थियो भने उहाँको निकटतम प्रतिदन्द्धी काँगे्रसका जोगलाल तामाङले तीन हजार १९ मत ल्याउनु भएको छ । एमालेका अध्यक्ष उम्मेदवार सूर्यबहादुर लामाले दुई हजार ७२७ मत ल्याउनु भएको थियो । उपाध्यक्ष निर्वाचित मिठुदेवीले तीन हजार २५१ मत र उहाँकी निकटतम प्रतिदन्द्धी एमाओबादी केन्द्रकी राममाया तामाङले तीन हजार १०६ मत र काँगे्रसकी बबिता योञ्जनले दुई हजार ८३० मत ल्याउनु भएको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरु मतदातासँग एजेण्डा प्रस्तुत गर्दे लोकप्रिय हुन थालेका छन् ।
सिन्धुपाल्चोक, वैशाख ८ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्थानीय तहमा उम्मेदवारका आकाङ्क्षी धेरै भएपछि मतदानबाट उम्मेदवार चयन गरी सिफारिस गरिएको छ । सुनकोशी गाउँपालिकामा नेपाली काँगे्रसबाट अध्यक्षको आकाङ्क्षी आधा दर्जन पुगेपछि मतदानबाट अध्यक्षका उम्मेदवार चयन गरी माथिल्लो तहमा सिफारिस गरिएको छ । मतदानबाट सुनकोशी गाउँपालिका सभापति रुपकाजी लामाले २७ मत ल्याई पहिलो नम्बरमा पर्नुभएको छ भने वडा नम्बरका १ का बर्तमान वडाअध्यक्ष नेत्र कार्कीले १७ मत पाउनुभएको छ । अध्यक्षमा सात जना आकाङ्क्षी थिए । त्यस्तै उपाध्यक्षमा कान्छीमाया लामाले २० मत, ज्ञानु तिमल्सिनाले १९ मत र अम्बिका तिमल्सिनाले १५ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा बढी मत ल्याउनुहुनेको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरिएको जनाएको छ । निर्वाचनमा अन्य दल भने सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्ने प्रयासमा छन् ।
स्थानीय तहको निर्वाचन घरदैलोमै आइपुग्दा सत्ता साझेदार दल र अन्य पार्टीमा चुनावी सरगर्मीसँगै महिला नेतृ ओझेलमा परिसकेका छन् । जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर केही महिला नेतृले आफ्नो उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका विदुर रायमाझीकानुसार अहिलेसम्म स्थानीय तहको मेयरदेखि अन्य पदमा उम्मेदवारी दिनेमा सगरमाथा आरोही, होटेल व्यवासायीदेखि केही उद्यमी, कृषक महिलासम्म छन् ।