• ८ पुस २०८१, सोमबार

कार्य सम्पादनमा नागरिकप्रतिको उत्तरदायित्व महसुस गर्न शिक्षा मन्त्री भट्टराईको निर्देशन

blog

आइतबार मन्त्रालय अन्तर्गत उच्च व्यवस्थापन समूहको बैठकलाई सम्बोधन गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई।

काठमाडौँ, मङ्सिर १६ गते। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ।

मन्त्री भट्टराईले आइतबार मन्त्रालय अन्तर्गत उच्च व्यवस्थापन समूहको  बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अगाडि सार्नुभएको  रूपान्तरणको योजनालाई हर हमेसा ख्याल गर्दै कार्य सम्पादनको स्तर  नागरिकप्रतिको उत्तरदायित्व महसुस गरी सुधार गर्नुपर्नेमा जोड दिनुभएको हो। 

मन्त्री भट्टराईले कार्ययोजना कार्यान्वयनको  कार्यविधि र प्रारूपमा जानु पर्नेमा जोड दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सङ्घीय सामान्य प्रशासन मन्त्रालय लगायतका मन्त्रालय मातहतका  निकायसँग निरन्तर संवाद सहित अन्तरनिकाय समन्वयमा काम गर्न आग्रह गर्नुभयो।

समन्वय र सहकार्यको अभावमा कार्य सम्पादन उत्कृष्ट र गुणस्तरीय नहुने हुँदा समन्वय, सहकार्य र सहअस्तित्व  प्राथमिकतामा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो। बैठकमा मन्त्रालयका सचिवसहित, महाशाखा प्रमुख, विभागीय प्रमुखलगायतको उपस्थिति रहेको थियो।