• १९ पुस २०८१, शुक्रबार

उपनिर्वाचन मतगणनाको परिणाम आयोगको वेबसाइटमा

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १४ गते। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा अद्यावधिक गर्ने भएको छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मङ्सिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।

उक्त मतदान कार्य सम्पन्न भएर सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य सुरु हुने उहाँको भनाइ छ।

मतगणना परिणामबारे निर्वाचनका सबै सरोकारवाको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालले जानकारी दिनुभएको हो।

आइतबार नगरप्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडाअध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणना परिणाम समय–समयमा आयोगको वेबसाइमा अद्यावधिक गर्ने आयोगले जनाएको छ।