• १३ साउन २०८१, आइतबार

मङ्गलसेन नगरपालिकामा नेकपा (एमाले) विजयी

blog

शिवराज ढुङ्गाना 

मङ्गलसेन, जेठ ४ गते । अछाम सदरमुकास्थित मङ्गलसेन नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखको पदमा दोहोरिएका बोहराले ७३५ को मतान्तरमा विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो । 

प्रमुखको पदमा दोहोरिएका बोहराले पाँचहजार ७३७ मत पाएर विजयी हुनुभएको छ भने काँग्रेसका उम्मेदवार नमबहादुर शाहीले पाँचहजार दुई मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टीका प्रमुख पदका उम्मेदवार टङ्कबहादुर रावलले १०५ मत प्राप्त गरेका छन् ।   

उपप्रमुखमा एमालेकै उम्मेदवार सङ्गीता रावल (सोडारी) दुई हजार ६४४ मतान्तरले विजयी हुनुभएको छ । सङ्गीताले पाँचहजार ७१९ मत र नेकपा (एकीकृत समाजवादी) का बमबहादुर रावलले तीनहजार ७५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखकै नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकबहादुर बोगटीले ४१५ मत पाउनुभएको छ ।