• १३ मंसिर २०८१, बिहिबार

वनमन्त्री र दक्षिण कोरियाका राजदूतबिच भेटवार्ता

blog

वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंग भेटवार्तामा ।

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १३ गते । नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । 

भेटवार्तामा सन् १९७४ दक्षिण कोरिया र नेपालबिच सम्बन्ध कायम रहेको अझ दुई देशबिचको सम्बन्ध बलियो बनाउन नेपाल सरकार तयार रहेको मन्त्री शाहीले बताउनुभयो । मन्त्री ठकुरीका अनुसार धेरै पटकको भेटघाटले कोरिया र नेपालको आपसी सम्बन्ध बलियो भएको छ । 

नेपाल हिमालय भएको देश र पर्वतीय मुलुक हो मन्त्री शाहीले भन्नुभयो, “आफ्नो एजेण्डा राखेर कोप –२९ सकेर भर्खर आयौं । जलवायु सम्मेलनमा  हाम्रो प्रमुख एजेण्डा फाइनान्स रहेको छ ।”  

नेपालले कार्वन व्यापारको विषयमा उठाएको मुद्दा सफल भएको मन्त्रीले बताउनुभयो । दक्षिण कोरियाले नेपालका लागि विकास निर्माणमा धेरै सहयोग गरिरहेको र भावि दिनमा पनि कोरियाप्रति नेपालले अझ विकास निर्माणमा सहयोगको अपेक्षा गरेको मन्त्री शाहीले राजदुतसँग भन्नुभयो ।  

मन्त्री शाहीले भन्नुभयो, “कोरिया सरकारले नेपालका हजारौं युवाहरुलाई रोजगारी प्रदान गरिरहेको छ, नेपालले कोरियाप्रति गर्नुपर्ने काम पूर्णरुपमा सहयोग रहने उहाँको भनाइ छ ।” 

अपर त्रिशूलीको बारेमा अड्किएको फाइल छिटो समस्या समाधानतर्फ वन मन्त्रालय लाग्ने मन्त्रीले भन्नुभयो । केही समयअघि वन ऐन संशोधन भएको छ, अझै आइपरेका कानुनी विषय सुधार गरी योजना निर्माण प्रक्रियामा बाधा अडचन फुकाएर विकास निर्माणलाई सरलीकरण गर्न मन्त्रालय तत्पर रहेको मन्त्री शहीको भनाइ छ ।