• ६ जेठ २०८१, आइतबार

तानसेनको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी उम्मेदवार विजयी

blog

रेखीराम राना

पाल्पा, जेठ ३ गते । पाल्पाको सदरमुकाम तानसेनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबट तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी हुनुभएको हो । 

श्रेष्ठले ११ हजार २ सय ७३ र सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएर विजयी हुनुभएको हो । एमालेबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ र उपप्रमुखका उम्मेदवार शशी श्रेष्ठले १० हजार १ सय ५१ मत ल्याउनुभएको छ । तानसेनमा नेपाली काङ्ग्रेसले वडा नं. १, २, ३, ४, ६, ७, ११ र १२ वडामा जितेको छ । 

यस्तै माओवादीका उम्मेदवारले तानसेनको वडा नं. ५ र १३ वडा जितेको छ । एमालेले भने वडा नं. ८, ९, १० र १४ जितेको छ । बैशाख ३० गते रातिदेखि सुरु भएको मतगणनाको काम मङ्गलबार बेलुकी मात्रै सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।