• ७ मंसिर २०८१, शुक्रबार

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता

blog

 काठमाडौं, मङ्सिर ५ गते। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । 

बुधबार राजधानी काठमाडौंमा भएको द्विपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्रलगायतका विषयमा जसपा नेपालका अध्यक्ष यादव र रसियन कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुबीच छलफल भएको छ । 

सो भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक न्यायको स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍य ाउने सवालमा जसपा नेपाल र रसियन कम्युनिष्ट पार्टीबीच समान धारणा रहेको र परिवर्तनकारी यी यावत् उपलब्धि रक्षाका लागि दुबै पार्टी प्रतिबद्ध रहेको जसपा नेपालका अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।