• ७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति पौडेल दोहामा

blog

राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार स्वदेश फर्कने क्रममा कतारको दोहामा । तस्बिर : रासस

दोहा (कतार), कात्तिक  २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर  बिहीबार स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुग्नु भएको छ । सम्मेलन अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको  थियाे । 

राष्ट्रपति पौडेललाई कतारस्थित नेपाली राजदूतावासका कर्मचारीहरूले यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । अजरबैजानका राष्ट्रपति ईल्हाम अलियेभको निमन्त्रणामा उहाँ कोप–२९ मा  सहभागी हुन बाकु पुग्नुभएको थियो । 

राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभयो । 

भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ ।

यस सम्मेलनको नारा ‘न्यू कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल यही कात्तिक २५ गते काठमाडौँबाट दोहाका लागि प्रस्थान गर्नुभएको थियो । रासस


यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान