• २४ मंसिर २०८१, सोमबार

विश्वकपमा छनोट भएको नेपाली टिमलाई उपराष्ट्रपति यादवद्वारा बधाई

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव । फाइल तस्बिर

काठमाडौँ, कात्तिक २९ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यु–१९ महिला टी–२०  विश्वकपको एसिया छनोटमा परेको नेपाली टिमलाई बधाई दिनुभएको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै कार्यवाहक राष्ट्रपतिसमेत रहनुभएका उपराष्ट्रपति यादवले बधाई तथा शुभकामना दिनुभएको हो।  

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘युनाइटेड अरब इमिरेट्स (युएई) मा भइरहेको आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटको निर्णायक खेलमा नेपालले युएईलाई हराउँदै महिला क्रिकेट टोलीले ऐतिहासिक विजय हासिल गरी विश्वकप–२०२५ मा छनोट भएकोमा म खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।’

उहाँले खेलको क्रममा नेपाली खेलाडीले देखाएको दक्षता, धैर्यता, दृढ सङ्कल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभएको छ।