• ११ पुस २०८१, बिहिबार

स्वस्तिमा ‘कर्णाली याक्स’मा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २२ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ले बुधबार नायिका स्वस्तिमा खड्कालाई ‘फेस अफ दी कर्णाली याक्स’का रूपमा सार्वजनिक गरेको छ । ‘फेस अफ दी कर्णाली याक्स’ बनेपछि स्वस्तिमाले आफ्ना लागि यो सम्मान भएको बताउनुभयो ।

पहिले र अहिले खेललाई हेर्ने आफ्नो हेराइ परिवर्तन भएको र खेलप्रति आफ्नो रुचि बढेको उहाँले बताउनुभयो । उहाँले अब आफूले खेलकुद र एनपिएलका बारेमा अन्यलाई जानकारी दिन सक्ने पनि बताउनुभयो । 

यसै गरी ‘कर्णाली याक्स’का टिम निर्देशक ज्ञानेन्द्र मल्लले भारतमा खेलकुदमा जस्तै नेपाली खेलकुदमा ग्लामर चाहिने भन्दै स्वस्तिमालाई स्वागत गर्नुभयो ।