• ९ मंसिर २०८१, आइतबार

डुडुवामा शवदाह घाट निमार्ण तीव्र

blog

डुडुवाको सिधनियाघाटमा निमार्ण भइरहेको शवदाह घाट। तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २१ गते। बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदीमा ४२ लाखको लागतमा सुरु गरिएको घाटको निमार्णलाई तीव्र पारिएको छ।

डुडुवा गाउँपालिकाले वडा नम्बर ५ स्थित राप्ती नदीको पुल नजिकै घाट निमार्णको काम भइरहेको छ। 

जिल्लाका विभिन्न स्थानबाट शव जलाउन आउने मलामीका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निमार्ण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो। 

उहाँका अनुसार राप्ती नदी सिधनियाघाट व्यवस्थापनका लागि पालिकाले भौतिक पूर्वाधार निमार्ण गरिरहेको छ। 

सिधनियाघाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शव दाह गृह निमार्ण, किरियापुत्री घर, स्नानघर, सर्वसाधारणलाई नुहाउनका लागि घाटलगायतका संरचना निमार्ण गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताउनुभयो। 

गाउँपालिकाको ४२ लाखको सहयोगमा डुडुवा–५ स्थित राप्तीघाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निमार्णको कार्य भइरहेको पालिकाका इन्जिनियर सुरेन्द्रकुमार बर्माले बताउनुभयो। 

उहाँले नदीको छेउमा पानी भरेका कारणले शव जलाउने शवदाह गृह निमार्ण गर्न ढिलाइ भएकोले अब केही दिनभित्र निमार्णको कार्य सम्पन्न हुने बताउनुभयो। 

शवदाह निमार्णका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताउनुभयो।