• २७ पुस २०८१, शनिबार

साफ महिला च्याम्पियनसिप फाइनल : बङ्गलादेशविरुद्ध नेपाली ११ खेलाडी सार्वजनिक

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक १४ गते। साफ महिला च्याम्पियनसिप २४ को फाइनल खेल्ने ११ खेलाडीको नाम सार्वजनिक भएको छ। एन्फाका अनुसार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा ११ खेलाडीको नाम सार्वजनिक भएको हो। 

बंगलादेशविरुद्ध खेल्ने टोलीमा एक परिवर्तन भएको छ। रेखा पौडेलको स्थानमा सरूँ लिम्बुलाई मौका दिइएको छ। यसअघि भारतविरुद्धको सेमिफाइनलमा रेखालाई रातो कार्ड दिइएका कारण उहाँले खेल्न नपाउनुभएको हो।

नेपालले बुधबार साँझ ६ः३० बजे बङ्गलादेशसँग साफा महिला च्याम्पियनसिपमा फाइनल खेल्दैछ। कप्तान तुम्बापोसहित नेपाली खेलाडीमा पूजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरूँ लिम्बु, सावित्रा भण्डारी, गीता राना, प्रीति राई, सविता राना मगर र अभिष कार्की हुनुहुन्छ।

अतिरिक्त खेलाडीमा उषा नाथ, समीक्षा घिमिरे, रश्मि कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, अञ्जना रना मगर, निशा थोकर र रजनी थोकर हुनुहुन्छ।