• १२ कात्तिक २०८१, सोमबार

ठमेललाई भेट्रान्स फुटबल उपाधि

blog

उपाधि विजेता ठमेल टोली ।

काठमाडौँ, कात्तिक ११ गते । भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ठमेल टुरिजम डेभलपमेन्ट काउन्सीलले जितेको छ । मध्यपुर युथ एसोसियसनको खेल मैदानमा आइतबार भएको फाइनलमा ठमेलले फ्रिडम फाईटर युवा क्लबलाई २–१ गोलले हरायो । 

ठमेलको जितमा वुद्धराज लिम्बु र कोमल खवासले गोल गर्नुभयो । फ्रिडमलागि मिलन राईले सान्त्वना गोल गर्नुभयो ।उपाधिसँगै ठमेलले आठ लाख रुपियाँ पुरस्कार पायो ।

उपविजेता फ्रिडमले पाँच लाख रुपियाँ पायो । प्रतियोगितामा ठमेलका मिनवहादुर वस्नेत, भेष राज लिम्बु, टासी छिरिङ्ग क्रमश: प्रतियोगितको उत्कृष्ट गोलकिपर, मिडफिल्डर र सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो ।  

उत्कृष्ट प्रशिक्षक विनोद आले, फ्रिडमका राजकुमार घिसिङ्ग, विकर्ण श्रेष्ठ क्रमश: उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवार्ड चुनिनुभयो । त्यस्तै अनुशासित टिम हाम्रो धरान फुटबल क्लब र सवभन्दा वढि उमेरका फुटबल खेलाडी विरगन्जका ऋतु शाक्यलाई पुरस्कृत गरिएको थियो ।

विजेता टोली र खेलाडीलाई उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनवहादुर वस्नेत, मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिकाको प्रमुख गजेन्द्र महर्जन,  एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ्ग शेर्पालगायतले पुरस्कार प्रदान गर्नुभयो ।