• २५ पुस २०८१, बिहिबार

सिद्धार्थमा सिंख्वालको ‘साधना’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ९ गते । कलाकार सुन्दर सिंख्वालले पौभा कलामा ३८ वर्ष बिताएपछि पहिलो पटक एकल कला प्रदर्शनीमा उत्रनुभएको छ । बौद्ध दर्शन, विश्वासमा आधारित परम्परागत चित्रकला पौभामा सिंख्वालको साधनालाई बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा हेर्न सकिने छ । 

कलाकार सिंख्वालको पौभा प्रदर्शनीको शीर्षक नै ‘साधना’ राखिएको छ । सिंख्वालको ३८ वर्षे साधनाका सिकाइ, अनुभव, योग्यता समेटिएका ३० वटा पौभा प्रदर्शनीमा राखिएका छन् । त्यसमध्ये दुई/तीन सिर्जना समसामयिक छन् । 

कलाकार सिंख्वालका अनुसार प्रदर्शनीमा राखिएका पौभा कला छ/सात वर्षका बिचमा बनाइएका हुन् । प्रदर्शनीमा हिन्दु र बौद्ध दर्शनमा आधारित पौभा चित्रहरू समावेश गरिएका छन् । हिन्दु दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, वसुन्धरा, वज्रधर, जम्भला (कुबेर), चव्रmसंवर शक्ति, २१ तारा आदि रहेका छन् । पौभा चित्रहरू सानोमा २३–१८ सेमीदेखि १००–७४ सेमीसम्मका छन् । बिहीबारदेखि सुरु भएको प्रदर्शनी मङ्सिर १० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।