• १२ कात्तिक २०८१, सोमबार

शिक्षामन्त्री भट्टराईका सय दिन : महत्त्वपूर्ण ४२ उपलब्धि सार्वजनिक

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई । फाइल तस्बिर

काठमाडौँ, कात्तिक ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो सय दिनको कार्य उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

मन्त्रालयको नेतृत्व सम्हाल्नु भएसँगै मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय दिनभित्र गर्नुपर्ने आठ वटा विषयमा कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

सरकारका सय दिनका सन्दर्भमा मन्त्री भट्टराईले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी ४२ बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

शिक्षा मन्त्रालयको सय दिनको उपलब्धिअन्तर्गत माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सोच अनुरूप कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

मन्त्रालयका अनुसार स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको जनाएको छ ।

यसैगरी, अनिवार्य तथा निःशुल्क शिक्षाको तिनै तहका सरकारको जिम्मेवारीसहितको कार्यान्वयन कार्ययोजना तयार भएको बताइएको छ ।