• १० कात्तिक २०८१, शनिबार

च्याम्पियन्स लिगमा सिटीले तोड्यो वर्ष १५ पुरानो कीर्तिमान

blog

बल प्रहार गर्दै यानचेस्टर सिटीका एर्लिङ हालान्ड । तस्बिर : एपी/रासस

काठमाडौँ, कात्तिक ८ गते । इङ्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ । 

लिग अन्तर्गत साबिक विजेता सिटीले बुधबार राति भएको खेलमा चेक रिपब्लिकको शीर्ष डिभिजन क्लब स्पार्टालाई ५–० गोलले हरायो ।

यस जितसँगै सिटीले २६ खेल यता च्याम्पियन्स लिगमा अपराजित यात्रा कायम राख्दै कीर्तिमान रचेको हो । यसअघि युनाइटेड सन् २००७ देखि सन् २००९ सम्ममा २५ खेलमा अपराजित रहेको थियो ।

यसअघि यस कीर्तिमान म्यानचेस्टर युनाइटेडको नाममा रहेको थियो । सिटीले यसअघि च्याम्पियन्स लिगमा सन् २०२२ को सेमिफाइनलमा रियल म्याड्रिडसँग ३–१ गोलको हार खेपेको थियो । घरेलु मैदानमा सिटीलाई जिताउन एर्लिङ हालान्डले दुई गोल गर्नुभयो । फिल फोडेन, जोन स्टोन्स र म्याथ्युज नुनेजले एक एक गोल गर्नुभयो । 

यसैगरी बुधबार राति नै भएको च्याम्पियन्स लिगको अन्य खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४–१, लिभरपुलले आरबी लेइप जिगलाई १–०, इन्ट रमिलानले योङ ब्वाइजलाई १–० र लिलेले एट्लेटिको म्याड्रिडलाई ३–१ गोलले हरायो । एजेन्सी