• १९ असार २०८१, बुधबार

डोटीका विभिन्न गाउँपालिकाका चार वडाको अन्तिम मतपरिणाम सार्वजनिक

blog

डोटी, वैशाख ३१ गते । डोटी जिल्लाका विभिन्न गाउँपालिकाका चार वटा वडाहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार विभिन्न तीनवटा वडामा नेकपा (एमाले) र एक वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 

मुख्य निर्वाचन कार्यालय डोटीका अनुसार जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ मा नेकपा (एमाले) को तर्फबाट खेमबहादुर घर्तीमगर जोरायल गाउँपालिका–१ बाट जगतबहादुर मल्ल, बडीकेदार गाउँपालिका–५ बाट पदम सिंह बोहरा र नेपाली कांग्रेसका तर्फबाट आदर्श गाउँपालिका–७ मा लालबहादुर बिष्ट निर्वाचित हुनुभएको छ । 

नौ स्थानीय तह रहेको डोटी जिल्लामा बिभिन्न राजनितिक दल र स्वतन्त्र गरेर प्रमुख पदमा ३६ जना र उपप्रमुख पदमा २९ जना चुनावी मैदानमा छन् । जिल्लाका सायल, आदर्श, बोगटान फुड्सिल, बडीकेदार, जोरायल र पूर्वीचौकी गाउँपालिकामा मतगणना भइरहेको छ । 

प्राभारम्भिक मत परिणाम अनुसार डोटीको पूर्वीचौकी, बडीकेदार र आदर्श गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ । जोरायल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र बोगटान फुड्सिल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रको) अग्रता रहेको छ ।