• १९ असार २०८१, बुधबार

डडेल्धुराको अमरगढी–१ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित

blog

पुष्कर भण्डारी
डडेल्धुरा, वैशाख ३१ गते ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ मा नेपाल कांग्रेसबाट उम्मेदवार बन्नुभएका वडाध्यक्षका उम्मेदवार निर्वाचित हुनुभएको छ । कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका लोकबहादुर ऐर ५२६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवारले ४७६ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले बताउनुभयो ।

यस वडामा कुल मतदाता सङ्ख्या १५६५ थियो । जसमध्ये ११ सय ६५ मत खसेकाे थियाे ।

ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसका तर्फबाट विजयी हुनुभएको थियो । यस निर्वाचनमा  निर्वाचित हुनुभएसँगै उहाँ वडा अध्यक्षमा दोहाेरिनुभएको हो ।

मुख्य निर्वाचनको कार्यालयले विजय घोषणा गर्ने बाँकी छ ।