• ११ असोज २०८१, शुक्रबार

विराटनगर महागरपालिकामा कांग्रेसको अग्रता

blog

धिरज दाहाल

विराटनगर,जेठ १ गते । प्रदेश नं १ को एकमात्र महानगरपालिकाको रुपमा रहेको  विराटनगर महानगरपालिको मेयर पदमा सत्ता गठवन्धनका नागेश कोइरालाले कांग्रेसले अग्रता लिनुभएको छ ।

कांग्रेसबाट मेयर पदका उम्मेदवार कोइराला २ सय ६९ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ ।

नेकपा एमालेका मेयर पदका उमेदवार सागरकुमार थापा १ सय ८१ मत ल्याएर दोस्रो स्थानमा हुनुहन्छ । 

त्यसैगरी मेयर पदमा स्वतन्त्र उमेदवारी दिएर चर्चामा रहनुभएका उमेशकुमार यादव ७० मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । 

उपमेयरमा भने नेकपा एमालेकी शिल्पा कार्कीले २ सय २६ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ । दोस्रोमा स्थानमा रहेका जनता समाजवादीका अमेरन्द्र यादवले १ सय ५२ मत प्राप्त गर्नुभएको छ  । 

शनिबार बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतगणना विहानैदेखि परेको वर्षाका कारण केही ढिला गरेर सुरु भएको हो ।

एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगर महानगरमा ८९ हजार ६७८ मत खसेको थियो । पहिलो चरणमा मतगणनाका लागि महानगरपालिकाको १८ नम्बर वडाको मतपेटिका खोलिएको छ ।

मतगणनाका लागि पहिलो चरणमा वडा नम्बर १, २, १६, १७, १८ र १९ को गणना सुरु गरिएको छ ।