– अस्वस्थ मासु खाएकै कारण बानेश्वरका विनोदले गत वर्षको दसैँभरि बिरामी परी अस्पतालमै बिताउनुप¥यो । यस पटक फेरि त्यही गल्ती नदोहो¥याउने सोचाइमा हुनुहुन्छ ।
– दस जोड दुईमा अध्ययनरत माया गौतम क्यालोरी कन्सियस हुनुभएकाले दसैँ भन्दैमा चिल्लो मासु खाएर तथा बासी र बढी मात्रामा खाएर शरीर बिगार्ने पक्षमा नभएको बताउनुहुन्छ ।
– बुटवल बसपार्कका मोहम्मद खान अचेल असार १५ को किसानजत्तिकै व्यस्त हुनुहुन्छ । किनभने अरू बेला भन्दा दसैँमा ५० देखि १०० गुणा बढी मासु बिव्रmी हुन्छ ।
गुणस्तरहीन मासु खाँदा मानिसलाई रोग लाग्ने मात्रै होइन, ज्यानैसमेत जान सक्छ । मासु खाँदा मानव जीवनलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । मासुबाट प्राप्त हुने भिटामिन, खनिज तथा अन्य पौस्टिक पदार्थ दुध, घ्यु तथा फलफूलबाट पनि प्राप्त गर्न सकिन्छ । तैपनि मान्छेको इच्छालाई मार्न सकिन्न, मासु नखाऔँ भन्न मिल्दैन ।
दसैँ मिठो खाने, राम्रो लगाउने चाडका रूपमा परिचित छ । परिवार भेटघाट भएर आनन्दले मनाउने पर्व दसैँ मासुसँग जोडिएको चाड पनि हो । अर्थशास्त्रीका अनुसार वर्षभरको खर्चको करिब ४० प्रतिशत हिस्सा दसैँ तिहार र छठले ओगट्छ । असोज– कात्तिक महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले त्यति नै महŒवपूर्ण मानिन्छ । नेपालीको सबैभन्दा ठुलो चाड दसैँको आफ्नो सांस्कृतिक महŒव भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने पर्वका रूपमा स्थापित भएकाले सबैलाई एकसूत्रमा बाँध्छ पनि । चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्छ । त्यसमा दसैँं र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ । दसैँ मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो । त्यसैले के बूढा, के बालक, के महिला, के राजा, के रङ्क, के गरिब, के बिरामी सबै आआफ्नै किसिमले रमाउँछन् ।
भोजनलाई औषधी बनाउनूस् र औषधीलाई भोजन
हिजोआज चाडपर्वको खान्की स्वास्थ्य निर्माणभन्दा बिगार्ने प्रकारको छ । अस्पतालका तथ्याङ्क हेर्दा दसैँ र तिहार तथा छठपछि सबैभन्दा बढी बिरामी अस्पताल जान्छन् । अपराध आफैँमाथि गरिएको र अरूमाथि गरिएको गरी दुई प्रकारका हुन्छन् । अरूमाथि गरिएको अपराधका लागि प्रहरी छ, अदालत छ, उनीहरूले रोक्छन् तर आफैँमाथि गरेको अपराध आफैँबाहेक अरू कसैले रोक्दैन ।
हिन्दु धर्मावलम्बीको मात्र नभई, सम्पूर्ण नेपालीको प्रमुख चाड बनिसकेको छ दसैँ । उक्त चाडमा दाँतलाई सही रूपमा सदुपयोग गरिन्छ । हुन त दाँतको महŒव हरेक क्षणक्षणमा छ तथापि पटकपटक मिठो र स्वादिलो कुरा खाने, मुसुक्क मुस्कुराउने तथा दिल खोलेर हाँस्ने, सामाजिक जमघटमा निर्धक्क, स्पष्ट बोल्ने र गलल्ल हाँस्ने चाड दसैँ तिहारमा दाँतको महŒव झनै प्रस्टिन्छ । लाग्छ– यी चाडको समयमा दाँतलाई स्वस्थ र काम गर्ने अवस्थामा राख्नु भनेको आधा बढी उत्सव मनाइनु वा सफल पार्नुजस्तै हो ।
दाँत दुख्ने कारण विभिन्न भए पनि चाडबाडका बेलामा हुन सक्ने प्रमुख कारणमा धेरै साह्रो कुरा जस्तै मासुको हड्डी, खाना खाएपश्चात् खाइने सुपारी, छुर्पी चपाउँदा दाँत चोइटिन सक्छ । सानो चोइटाइले दाँत तातो, साह्रो, चिसो खाँदा लाग्ने वा सिरिङसिरिङ भए पनि ठुलो चोइटाले दाँतको भित्री भाग देखिई खपिनसक्नुको पीडा र गिजा तथा जिब्रोमा घाउ बनाउन सक्छ । धेरै साह्रो खाँदा वा चपाउँदा सोचेर मात्र चपाउने गर्नु पर्छ । दसैँका बेला दाँतका अस्पताल र क्लिनिक कमै खुल्छन् । त्यसैमा इष्टमित्र धान्न जाने कि अस्पताल ? मिठो कुरा खाएर गफिँदै मज्जाले तास, लुँडो र अन्य मनोरञ्जन गरी बस्ने कि अस्पताल जाने ? टीकाटालो र आशिर्वाद लेनदेनमा संलग्न हुने कि अस्पताल ? पिङ खेल्न जाने कि अस्पताल ?
चाडबाडकै नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भइदिँदा विभिन्न स्वास्थ्य समस्याबाट जकडिरहेका हुन्छौँ । जानीजानी बिहान चाँडै उठेर नियमित व्यायाम गर्ने बानी छोड्छौँ, राति पनि अबेर सुत्छौँ । पाहुनापात, साथीभाइ घरमा भएकाले आवश्यक मात्रामा पनि सुत्दैनाँै, बिहान चाँडै उठेर व्यायाम तथा घुमफिर गर्ने काम पनि खुसीसाथै छोड्छौँ । चाडबाडमा नियमित र स्वस्थकर खानाको महŒव गुमाउनुहुँदैन । दसैँ, तिहार तथा अनेकन चाडबाडले धेरै मानिसलाई बिरामी बनाएर चिकित्सक वा अस्पताल ल्याउँछन् । ट्राइग्लिसिराइड, युरिक एसिड, सुगर, उच्च रक्तचाप ३० देखि ४० प्रतिशत माथि गएको हुन्छ । यसको स्तर ठिकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भइसकेको हुन्छ ।
चाडपर्वको बेला खानेकुरामै ज्यादा ध्यान केन्द्रित हुन्छ । बिहान उठेदेखि राति नसुतेसम्म तथा दिनभरै अब अर्काे पटक के खाने भन्ने छलफलमै व्यस्त बन्छौँ । अस्वस्थकर स्न्याक्स नै सस्तो हुन्छ, चाँडो तयार पार्न सकिन्छ, मिठो स्वाद अनि सजिलैसँग उपलब्ध पनि । भोजमा दिइने खानेकुरामा प्रशस्त चिल्लो र नुन हुन्छ । चाडपर्वको अन्तमा रक्तचाप, रगतमा चिनीको मात्रा, युरिक एसिड, कोलेस्टेरोलका साथै शरीरको तौल पनि बढाइदिएको हुन्छ । त्यस्तै पोषणका हिसाबले मात्र नभई स्वस्थताका हिसाबले पनि निम्न गुणस्तरको खानाले चाडको समाप्तिसँगै स्वास्थ्यमा समस्या ल्याउने गर्छ । भोज खान बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र खाने आदिले गर्दा विभिन्न जीवाणुको संसर्गमा आई अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता अनेकन रोग लाग्ने गर्छन् । तथापि हामी पाँचतारे तथा पार्टी प्यालेसमा भोज खाइरहेका बेला घरमा बस्ने तथा काम गर्नेले भने राम्रो र स्वस्थ घरकै अन्न, तेल, सागपात आदिको मज्जा लुटिरहेका हुन्छन् ।
चाड मनाउने भनेको एकदमै रक्सी खाने, धुमपान गर्ने, मासु खाने एकसाथै आउँछन् । खानेकुराको परिमाण पनि बढ्छ । रक्सीसँगै सेवन गरिने खानेकुरा पनि नुन र तेल बढी भएका तयारी खानाकै प्रचुरता बढ्छ । निस्क्रिय धुमपान गर्न बाध्य पनि भइन्छ र बनाइन्छ । रक्सी सेवन तब यात्राले सडक दुर्घटनाले अस्पतालका आकस्मिक कक्ष भरिने गर्छन् । एकछिनको आरामदायी साँझले जिन्दगीको पटाक्षेप निम्त्याई परिवार र समाजका लागि अपूरणीय क्षति बन्न सक्छ । त्यस्तै राति ८ बजेअघि खाना खाने र १० बजेभित्र सुत्ने सम्भावना पनि कम रहन्छ । घरपरिवारलाई पनि समय दिन सकिँदैन । अबेर खाँदा तौल बढ्ने, घुर्ने र भोलिपल्ट बिहान उठ्न नसक्ने र प्रातःभ्रमण र व्यायाम हँुदैन । चाडबाडमा हामीले गरिरहेका बानी अपनाएका जीवनशैलीले हिजोसम्म स्वस्थकर खाना र जीवनशैलीबारे शिक्षा दिने अभिभावकप्रतिको विश्वास डगमगाउँछ । जसले बालबालिकालाई समेत नकारात्मक असर पार्छ ।
उत्सव स्वस्थकर बनाउन रमाइलोका साथै साथीभाइ र परिवारसँग गुणात्मक समय बिताउनु पर्छ । चाडबाडको धार्मिक पक्ष कथा र दिने असल शिक्षा र प्रेरणा बालबालिकालाई दिन उद्यत हुनु पर्छ, उनीहरूसँग समय व्यतीत गर्ने गरौँ । खाना स्वस्थ, थोरै र इच्छानुसार मात्र सेवन गर्न तथा दिन उत्प्रेरित गरौँ । दैनिक कार्यमा अडिग रहनु पर्छ । चाँडै सुत्ने, बिहान छिट्टै उठी व्यायाम गर्न छोड्नुहुँदैन । हामी बालबालिकाको आदर्श भएकाले हाम्रा व्यवहार उनीहरूलाई बिगार्नेखालका हुनुहँुदैन ।
चाडबाडका समयमा दीर्घरोगीमा समस्या झन् बढ्छ भने जोखिमको बाटोमा रहेका मुटुजस्ता संवेदनशील अङ्ग तर लक्षण नदेखिइसकेकामा एकैपटक लक्षण देखिन थाल्छ । दसैँको समयमा आउने तथा देखिने अधिकांश बिरामीको चाप खानपानसँग सम्बन्धित हुन्छन् । धेरै बिरामीको ट्राइग्लिसिराइड र युरिक एसिड ३० देखि ४० प्रतिशत बढी हुन्छ । जसको स्तर ठिक स्तरमा ल्याउँदासम्म भित्री भाग तथा अङ्गमा केही नोक्सानी भइसक्छ । सामान्य मानिसका लागि पनि हानिकारक मानिने मासु उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकालाई त अभिशापै बन्न सक्छ ।
मासु प्रोटिनको राम्रो स्रोत भए पनि यसमा कोलेस्टेरोल, फ्याटी एसिड, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रशस्त हुने भएकाले सन्तुलित रूपमा उपभोग गर्न नसकदा यसले समस्या थप्छ । चाडबाडमा खाइने मासु, चिल्लो, मसला र मद्यपान मुटुमैत्री मात्र नभई स्वास्थ्यमैत्री पनि छैनन् । रातो मासु अर्थात् खसी, बोका, राँगा, बँदेल, भेडा आदिको मासुमा प्रोटिन, फ्याटी एसिड पनि प्रशस्त पाइने भएकाले युरिक एसिडको जोखिम बढाउँछ । सकेसम्म देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेल प्रयोग गरी पकाइएको वा उसिनेको मासु खानु कम हानिकारक हुन्छ ।
कलेजो फलामको राम्रो स्रोत भए पनि रासायनिक पदार्थ फोहोरका रूपमा जम्मा हुने भएकाले उपयोग नगर्दा नै राम्रो हुन्छ । चाडपर्वको नाममा धेरै तारेको, भुटेको, पोलेको वस्तु कम नहुँदा मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र पेट क्यान्सर बढाउँछ । फुर्सदिलो समय र बढी मदिरा सेवनले दुर्घटनाको सम्भावना बढाउँछ । तेलमा पाइने स्याचुरेटेड, मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड गरी तीन प्रकारका फ्याटी एसिडमा स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानि गर्छ । तेलमा पाइने ट्राइग्लिसेराइडले हृदयाघात कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर गर्छ । तेल र चिल्लो पदार्थ जति धेरै पटक ततायो उति नै त्यसमा ट्रान्सफ्याट उत्पन्न हुन्छ र स्वास्थ्यका लागि बढी हानिकारक र क्यान्सर बनाउन सक्ने हुन्छ ।
झाडापखाला, हैजा, टाइफाइड तथा दीर्घकालीन रूपमा अल्सर, उच्चरक्त चाप, मुटुरोग, तल्लो आन्द्राको रोग, मिर्गाैलाले काम नगर्ने, क्यान्सर पनि मासुजन्य रोगमा पर्छन् । पोलेको मासु सेवनबाट पेटको क्यान्सर हुन्छ । सेकुवा, छोएला, कचिला बढी खतरापूर्ण हुन्छन् । मिर्गौला र कलेजोका बिरामीले अत्यधिक मासु सेवन गर्नुहुँदैन तथा मासु सेवन नगर्नु नै राम्रो हुन्छ । पश्चिमा शैलीमा जस्तै सडक किनारमा परिकार खाने चलन नेपालका सडक तथा वातावरणले उपयुक्त छैनन् ।
खाद्य पदार्थलाई भरिसक्य तातोपानी नभए सफा पानीले पर्याप्त पखाल्ने, माछामासु तथा सागसब्जीलाई भिन्दाभिन्दै भाँडाकुँडा, प्रेसर कुकरमा नभए अन्य भाँडामा भए पनि राम्ररी पकाउने र पकाउनुअघि र पकाएपछि बढीमा दुई घण्टासम्म मात्र भण्डारण गर्नु पर्छ । मासुसँगै सागपात, फलफूल, फाइबर, दही, सलाद र प्रशस्त पानी खाँदा त्यसमा हुने रेसा वा फाइबरले कोलेस्टेरोल घटाउँछ, पाचन प्रणाली राम्रो बनाउँछ । डेङ्गी महामारीबिच दसैँै मनाउँदै छौँ । रोकथामका लागि सचेतना जरुरी छ । स्वास्थ्य सबैभन्दा ठुलो धन भएकाले यसको संरक्षण हुने गरी खानपान गर्नु उपयुक्त हुन्छ ।