• ८ मंसिर २०८१, शनिबार

फड्के र तुइनद्वारा जोडियो तातोपानी नाका

blog

चित्र मिजार

सिन्धुपाल्चोक, असोज २२ गते । अविरल बर्सातको बाढीले लार्चाको बेलिब्रिज र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आउजाउ खुलाइएको छ ।

भोटेकोशी गाउँपालिका–२, तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठले आउजाउ गर्ने माध्यम नभएकाले फड्के र तुइन हालेर आउजाउ व्यवस्था मिलाएको बताउनुभयो । सडक डिभिजन, भोटेकोशी गापाको खर्चमा भोटेकोशी नदीमा दुई वटा एक्साभेटर, टिप्पर प्रयोग गरी ह्युमपाइप राखेर सडक सम्बन्ध जोड्ने लक्ष्यले ह्युमपाइप राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो तर भोटेकोशी नदीको बहाव घटेको छैन । 

लार्चाको बेलिब्रिज र लिपिङ पुल बगाएपछि तातोपानी नाका र चीनको खासा, न्यालम क्षेत्रमा दसैँको सामान बोकेर तातोपानी नाका भित्रिन लागेका कन्टेनर उतै रोकिएका छन् भने तातोपानी नाकाबाट राजधानी आउन लागेका दुई बढी कन्टेनर भन्सार र लिपिङ क्षेत्रमै रोकिएका छन् । सङ्घीय सांसद मोहनबहादुर बस्नेतले रोकिएका कन्टेनर राजधानी पठाउनका लागि गापासँग समन्वय गरेर भोटेकोशी नदीमा ह्युमपाइप राखेर कन्टेनर राजधानी पठाउन तयारी भइरहेको सो गापाका अध्यक्ष पासाङनुर्पु शेर्पाले बताउनुभएको छ ।