• १३ साउन २०८१, आइतबार

मनाङबाट सुरु भयो मतगणना

blog

हिमाली जिल्ला मनाङमा शुक्रबार स्थानीय तहको निर्वाचनमा मतदानपछि मतपेटिका गणनाका लागि मतदानस्थलबाट मतगणनास्थल लैजाँदै सुरक्षाकर्मी । मनाङमा ६२ प्रतिशत मात्रै मत खसेको छ । तस्बिरः नवीन लामिछाने, रासस

काठमाडौं, वैशाख ३० गते। हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिनुभयो।

जिल्लामा चार गाउँपालिका रहेको छ। जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामासमेत सुरु भएको उहाँले बताउनुभयो। 

जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन्। कूल चार हजार ६७ मत खसेको छ।