• १५ असोज २०८१, मङ्गलबार

बाढीले जगसहित पल्टाएको घर

blog

पनौती नगरपालिका–१२ रोशीस्थित कोलाँती बजारमा शनिबार रोशी खोलाको बाढीले जगसहित पल्टाएको साढे दुईतले घर । तस्बिर: राजकुमार पराजुली/रासस

काभ्रेपलाञ्चोक, असोज १५ गते । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१२ रोशीस्थित कोलाँती बजारमा शनिबार रोशी खोलाको बाढीले जगसहित पल्टाएको साढे दुईतले घर । खोला किनारमा अवस्थित यो बजारका करिब दर्जन घर–पसल बाढीले बगाएपछि हाल बगरमा परिणत भएको छ ।