• ११ असोज २०८१, शुक्रबार

पदक विजेता पुलिसको स्वागत

blog

स्वदेश फर्किएको पुसिलस टोली । तस्बिर : विकास द्वारे

काठमाडौँ, असोज ७ गते । माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबका खेलाडीको स्वागत गरिएको छ ।

सोमबार काठमाडौँ फर्किएको पुलिस टोलीका खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । पुलिस टोलीलाई नेपाल भलिबल सङ्घका पदाधिकारी, पुलिस क्लबका खेलाडी, अफिसियललगायतले स्वागत गरेका थिए । 

शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले २५–१६, २५–२२, २५–२३ को जित निकालेको थियो ।च्याम्पियनसिपमा ६ टोलीले भाग लिएका थिए ।